सप्तरीमा लागु औषधसहित एक युवक पक्राउ

सप्तरी ।  सप्तरी प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका-१ का माधव नेपालकका २० वर्षीय छोरा सुजन नेपाल रहेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीको मातहतमा रहेको प्रहरी चौकी फत्तेपुरबाट खटिएका गस्ती टोलीले सप्तकोसी  नगरपालिका- ९ बस पार्कबाट नेपाललाई लागु औषधसहित पक्राउ परेको हो। उनको साथबाट लागु औषध निट्रोसन आर  ८४ चक्की (ट्याब्लेट) बरामद गरेको प्रहरीको दाबी छ । 

पक्राउ परेको नेपालमाथि थप अनुसन्धान भइरहोको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.