सभापतिमा उम्मेदवार दिन्नँ : गच्छादार

काठमाडौं । नेपाली का‍ंग्रेसका उपसभापति विजयकुमार गच्छदारले १४औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवार नदिने बताएका छन् । 

बुधबार आयोजित पत्रकार सम्मेलनमा गच्छादारले यस्तो बताएका हुन् ।  उनले भने, 'लोकतान्त्रिक फोरमबाट काँग्रेस बलियो बनाउन आएको हुँ । म नेपाली काँग्रेसको कुनै गुटमा आएको होइन । मेरो लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेल सम्मानित नेता हुनुहुन्छ ।'

आफू नेपाली कांग्रेसको पक्षमा उभिएको बताउँदै उनले कांग्रेसकाे १४ औँ महाधिवेशन लोकतान्त्रिक विधि पद्धतिमा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.