काठमाडौं। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी इलामको सचिवालय सदस्य युवन्तिका तामाङ्गले विश्वको सर्वोच्च शिखर सगरमाथामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्विर फहराउने भएकी छन् । सुर्योदय नगरपालिका वडा नं. १० निवासी तामाङ्गले विश्वको सर्वोच्च शिखर सगरमाथामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको तस्विर फहराउने भएकी हुन् ।
केपी ओलीले विश्वसामु नेपाल र नेपाली जनताको शिर सगरमाथा झैं उचो बनाएकाले आरोहणका क्रममा आफुले उहाँको तस्विर फहराउने तयारी गरिरहेको तामाङ्गले बताईन्।
आम नेपाली युवाहरुको प्रतिनिधित्व र युवाहरुको भूमिका तथा मागलाई राज्यका सम्पूर्ण तहमा स्थापीत गराउन सफल भएकाले संघको झण्डा समेत केपी ओलीसँगै फहराउने उनले बताईन् ।
आफु संगठनमा रहेर काम गरिरहेको कारण सर्वोच्च शिखर सगरमाथामा तामाङले राष्ट्रिय युवा संघको झण्डालाइ समेत फहराउने तयारी गरिरहेकी छन् ।
पार्टीका अध्यक्ष श्रद्धेय केपी शर्मा ओली, इलामेली जनताका नेता पार्टीका उपाध्यक्ष शुबास चन्द्र नेमांग र संघका केन्द्रिय संयोजक किरण पौडेल लगायतले झण्डा हतान्तरण गर्दै तामाङलाई सफल आरोहणको निम्ती सफलताको शुभकामना व्यक्त गरेका छन्।