काठमाडाैं । नेकपा माओवादी केन्द्रबाट धादिङ जिल्लामा निर्वाचित बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटि (हरि) नेकपा एमालेमा प्रवेश गरेका छन् ।
अध्यक्ष डल्लाकोटिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे निवास बालकोटमा पुगेर पार्टी प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष ओलीले स्वागत गरेका छन् ।
उनी नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको सदस्य समेत थिए । एमाले पृष्ठभूमिका डल्लाकोटी १५ वर्षपछि आफ्नै घर फर्किएका हुन् ।