नलगाडका सबै वडा कार्यालय आफ्नै भवनमा

जाजरकोट ।  नलगाड नगरपालिकाले सबै वडा कार्यालय आफ्नै भवनमा राखेको छ । सबै वडामा कार्यालय भवन बनाएपछि केन्द्रले पनि आजदेखि नयाँ प्रशासकीय भवनबाट सेवा सुरु गरेको छ । दल्लीस्थित नगरपालिकाको नयाँ भवनमा  ३५ वटा कोठा छन् । नगरपालिकामा १३ वटा वडा छन् ।

नगरपालिकाको केन्द्रीय कार्यालय भवनबाट सबै शाखाको समेत काम हुने प्रमुख प्रशासकीय केन्द्र मानबहादुर गिरीले बताए । नगरपालिका भित्रका सबै कार्यालयहरू अब भाडामुक्त भएको उनले बताए  ।

पालिकाको १५ बेडको नगर अस्पताल भवन निर्माण पनि जारी रहेको नगरप्रमुख टेकबहादुर रावलले बताए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.