गोरखा । श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका ७ पोवाखोलाकी ५५ वर्षीया माइली कामी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसन्धानमा माइलीले घाँटी थिचेर श्रीमानको हत्या गरेको खुल्नमा आएको प्रहरी नायव उपरिक्षक प्रकाश दाहालले जानकारी दिए । असोज ४ गते राति माइलीले ५६ वर्षिय आइतवहादुर कामीको हत्या गरेको नायव उपरीक्षक दाहालको भनाई छ ।
प्रहरीको प्रारभ्कि अनुसन्धानमा माइलीले नै हत्या गरेको खुलेपछि उनी विरुद्द ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
माइलीले श्रीमानले रक्सी खाएर गाली गरेकोले घाँटी थिचेर हत्या गरेको प्रहरी वयान बताएकी छिन् ।