बलबहादुर केसीको देउवालई प्रश्न : मन्त्रिपरिषद विस्तारबारे पार्टीलाई जानकारी दिनुपर्दैन ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीले मन्त्रिपरिषद् विस्तारका क्रममा कांग्रेसले पाउने मन्त्रालय र मन्त्रीको संख्याको विषयबारे पार्टी अनुभीज्ञ रहेको बताएका छन् । 

बुधबार पौडेल समूहले आफूसँग सल्लाह नगरी मन्त्रिपिरषद विस्तार गरेको थप रणनीति निर्माणका भएको छलफलमा नेता केसीले सो बताएका हुन् ।            

‘मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीसहित गृह, कानुन, स्वास्थ्य र परराष्ट्र मन्त्रालय कांग्रेसले लिइसक्यो । खास कांग्रेसले पाउने मन्त्रालयको संख्या कति हो ? त्यसमा हाम्रो समूहको भाग कति हो ? त्यही मुख्य प्रश्न हो,’ बैठकपछि केन्द्रीय सदस्य बलबहादुर केसीले भने ।

परराष्ट्रमन्त्री बनेका खड्का देउवाले विगतमा पार्टी फुटाउँदा साथ दिएका नेता हुन् । बीचमा खड्का देउवा खेमाविपरीत थिए । तर,पछिल्लो समय आफ्नो खेमामा फर्किएका खड्कालाई देउवाले एकाएक मन्त्रीको पदमा नियुक्त गरेका छन् । 

बलबहादुर केसी पनि विगतमा देउवालाई सहयोग गर्नेमध्येकै अग्रणी नेता हुन् । पार्टी विभाजनलगायत कार्यमा सक्रिय भई देउवालाई साथ दिएका केसी विभिन्न कारणले गुट परिवर्तन गरेसँगै देउवा केसीको सम्बन्ध सुमधुर छैन । यतिसम्म कि २०७४ सालको चुनावभन्दा पहिले पौडेल खेमाबाट मन्त्रीका लागि सिफारिस भएका केसीलाई देउवाले सीधैँ अस्वीकार गरेका थिए ।  

© 2021 Quicknepal.com  |  All Rights Reserved.