गण्डकीको हिउँदे अधिवेशन अन्त्य

पोखरा ।  गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन शुक्रबार मध्यरातिबाट अन्त्य हुने भएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार मध्यराति १२ बजेदेखि लागु हुने गरि अधिवेशन अन्त्यको आह्वान गरेको हो ।

सभामुख नेत्रनाथ अधिकारीले शुक्रबारको संसद बैठकमा अधिवेशन अन्त्यको सूचना पढेर सुनाएका हुन् ।

यो  विधेयक अधिवेशन गत २७ फागुनमा सुरु भएको थियो । हिउँदे अधिवेशनमा ८ वटा बैठक बसेको थियो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.