दल विभाजन गर्ने अध्यादेश प्रतिस्थापन हुँदै, मन्त्रिपरिषद् विस्तारको संकेत

काठमाडौं । माओवादी केन्द्रको पेरिस डाँडाँमा जारी बैठक सकिएको छ । मन्त्री परिषद्को लागि नाम टुंगो लगाउन बसेको बैठकले के निर्णय गर्यो भने विषयमा खासै जानकारी गराइएको छैन ।

बैठकपछि नेता कृष्ण बहादुर महराले भने दल विभाजन सम्बन्धि अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले अर्को अध्यादेश ल्याउने जानकारी गराए । संभवत सरकारले उक्त अध्यादेश ल्याएर दल विभाजन सम्बन्धि अध्यादेशको प्रतिस्थापन गर्ने र त्यस लगतै मन्त्रीपरिषद् विस्तार हुने नेता महराले बताए ।

२० प्रतिशतले दल विभाजन गर्न पाउने अध्यादेश कायमै राख्दा सत्तारुढ दलहरु माओवादी केन्द्र र जसपा नै फुट्ने डर देखिएको छ । उक्त विधेयकलाई निश्क्रिय बनाउन प्रतिस्थापन विधेयक ल्याउन लागिएको हो ।

माओवादीबाट मन्त्री बन्नेको नाम अध्यक्ष प्रचण्डले टुंगो लगाइसकेको पनि नेता महराले जानकारी दिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.