मदन भण्डारी स्मृति गोल्डकप  फुटबल प्रतियोगिता  शुरु

फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुर मा मदन भण्डारी स्मृति  फुटबल प्रतियोगिता शुक्रवार देखि शुरु भएको छ।  सप्तरी  जिल्ला फुटबल संघ  तथा  न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब फत्तेपुर को आयोजना  संचालित प्रतियोगिता मा  ८ वटा  टिमले सहभागिता जनाएका छ्न। 

प्रतियोगिता को शुक्रबार भएको उद्घाटन खेलमा बागमती फुटबल क्लब र इटहरी फुटबल क्लब सुनसरी बिच भएको हो ।

खेल शुरु भएको २ मिनेट मा बागमती फुटबल क्ल्ब का जर्सि न ७ का अनिल थापा एक गोल गरि टिम लाइ अग्रता दिलाएता  पनि हाल्प टाइम पछि इटहरी फुटबल क्लब को तर्फबाट जर्सि न १४ का दिपेन तामाङले  एक गोल गरि खेल लाइ बराबरी मा पुर्याएका थिए ।

खेल को निर्णयाक गोल बागमती फुटबल क्लब का जर्सि न १३ का बिमल घिसिङ ले पुन एक गोल गरि २–१ को अन्तर बागमती फुटबल क्ल्ब  ले बिजयि शुरुआत गरेको छ ।

जिल्ला फुटबल संघ सप्तरी र न्यु त्रियुगा स्पोर्ट्स क्लब को आयोजना र मधेस प्रदेश शभा सदस्य सत्यनारायण मण्डलको साम्सदिय बिकास र सप्तकोसी नगरपालिका सप्तरीको सहयोग मा संचालित  प्रतियोगिता को शुक्रबार प्रमुख अतिथि मधेस प्रदेश शभा सदस्य मान्य  सत्यनारायण मन्डल ले उद्घाटन गरेका छ्न ।

जिल्ला फुटबल संघ सप्तरी का अध्यक्ष देबेन्द्रमान सिंह बस्नेतको अध्यक्षता तथा मधेस प्रदेश शभा सदस्य  माननीय सत्यनारायण मन्डल को प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रम सप्तकोसी नगरपालिका का नगर प्रमुख उत्तम कुमार शर्मा नेकपा एमाले का केन्द्रिय सदस्य राजकुमार लेखि नेकपा एमाले  नगर कमिटी अध्यक्ष पारस दहाल नेपाली काङ्ग्रेस नगर सभापति युवराज खनाल, नेकपा माओवादी केन्द्र का नगर अध्यक्ष गुणराज कोइराला लगायतको उपस्थिति मा सम्पन्न भएको थियो।

प्रतियोगिता को दोस्रो खेल शनिबार गाइघाट फुटबल कल्ब उदयपुर र डागिहाट युथ क्लब मोरङ बिच हुने जिल्ला फुटबल संघ सप्तरी का महासचि अमर खवासले जानकारी दिए । प्रतियोगिता मा प्रथम र दितिय हुने टिम लाइ क्रमशः नगद रु दुइ लाख र एक लाख नगद  सहित ट्रफि प्रमाणपत्र मेडल प्रदान गरिने खवास  ले जानकारी दिए।


प्रतियोगिता मा सार्वाधिक गोल कर्ता ,उत्कृष्ट खेलाडी म्यान अफ दि म्याच ,बेस्ट गोल किपर लाइ समेत पुरस्कृत गरिने आयोजक ले  जानकारी दिए।

© 2021 Quicknepal.com  |  All Rights Reserved.