दोस्रो हारसँगै नेपाल प्रतियोगिताबाटै बाहिरियो

काठमाडौं ।  एएफसी फुटसल एसियन कप छनोटमा नेपाल सोमबार ताजकिस्तानसँग ११-१ गोल अन्तरले पराजित भएको  छ। कीर्गिस्तानको बिस्केकमा  ताजकिस्तानसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट एक खेलअघि नै बाहिरिएको हो ।

समुह ‘बी’ मा रहेको  नेपालको दुई खेलबाट कुनै अंक छैन । नेपाल  चौथो स्थानमा छ । शीर्ष स्थानको  ताजकिस्तानको चार अंक छ  भने  दोस्रो स्थानको  उज्वेकिस्तनको तीन अंक  छ ।  तेस्रो स्थानको अफगानिस्तानको एक अंक छ ।

ताजकिस्तानले आइतबार पहिलो खेलमा अफगानिस्तानसँग बराबरी खेलेको थियो । पहिलो खेलमा नेपाल आइतबार उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको थियो ।

नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार अफगानिस्ताानको सामना गर्नेछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.