सोलुखुम्बू । सोलुखुम्बूमा आमाको हत्या गरेको अभियोगमा एक जना पक्राउपरेको छ । नेचा सल्यान गाउँपालिका( ५ की बडालक्षी राईलाई फलामको हम्मरले हानेर हत्या गरेको आरोपमा प्रहरीले छोरा लक्ष्मण राईलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बूका अनुसार लक्ष्मण बडालक्षीकी कान्छा छोरा हुन् । असोज ३ मा दिउँसो आफ्नै घरमा टाउकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा रहेकी ८२ वर्षकी बडालक्षीलाई छिमेकीले अस्पताल लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको थियो ।
अनुसन्धानको क्रममा कान्छा छोरा लक्ष्मण राईले आमालाई फलामे हम्मरले टाउकोको पछाडि भागमा हिर्काएको खुल्न आएको प्रहरीले जनाएको छ ।
लक्ष्मणलाई पक्राउ गरी जिल्ला अदालत सोलुखुम्बूबाट १० दिन म्याद थप गरि अनुसन्धान जारी राखेको प्रहरीको भनाइ छ ।