काठमाडौं । सिन्धुपाल्चोक जिल्लास्थित बाह्रबिसे नगरपालिकाका लागि तीन जना मेयर प्रत्यासीहरु सिफारिसमा परेका छन् । नेकपा (एमाले)को पकड क्षेत्र मानिने बाह्रबिसे नगरपालिकाका लागि एमालेले बुधबार मेयर प्रत्यासिको अन्तिम नामावली टुंगो लगाएको हो ।
नीम फोन्जो शेर्पा, युद्ध विक्रम तामाङ (डीबी) र प्रदीप पौडेल मेयर पदका लागि सिफारिसमा परेका छन् ।