कांग्रेस बैतडीको सभापतिमा दुवै समूहले गरे प्यानल घोषणा
बैतडी । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत बैतडी जिल्लाको नेतृत्वका लागि दुवै जना सभापतिका दाबेदारले आआफ्नो प्यानल घोषणा गरेका छन् । यसअघि पूर्वसभापतिसमेत रहेका शिवराज भट्टको प्यानल घोषणा भइसकेको छ भने आज वर्तमान उपसभापति रहेका चतुरबहादुर चन्दले आफ्नो प्यानल घोषणा गरेका छन् । 

रामचन्द्र पौडेल निकट चन्दको टिममा अधिकांश युवा नेता समेटिएका छन् । चन्द प्यानलले उपसभापतिमा रमेश पाण्डेय र खगेन्द्रसिंह धामीलाई अघि सारेको छ । 

यसैगरी सचिवमा प्रेमबहादुर चन्द र देवराज जोशीलाई उम्मेदवार बनाएको छ । सहसचिवमा दीपेन्द्रबहादुर चन्द र दशरथसिंह चाडलाई अघि सारिएको छ । 

यसैगरी प्रदेश 'ख'को सभापतिका लागि युवा नेता शिवराज भट्टलाई उम्मेदवार घोषणा गरिएको छ ।

संस्थापन अर्थात् देउवा निकट प्यानलमा भने सभापतिका लागि शिवराज भट्टका साथै उपसभापतिका लागि हरिसिंह धामी र वीरबहादुर विष्ट उम्मेदवार बनेका छन् ।

सचिवमा रमेश भण्डारी र कर्ण बोहरालाई अघि सारिएको छ भने सहसचिवका लागि रमेश कोली र घनश्याम भट्टलाई उम्मेदवार बनाइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.