काठमाडौं । प्रधानमन्त्री एवंम कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । आज दिउँसो ३ बजे बस्ने गरी सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।
सभापति देउवाले मन्त्रिपरिषद् विस्तार तथा पार्टीको १४औँ महाधिवेशनबारे छलफल गर्न बैठक आह्वान गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रवक्ताका शर्माले मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेकाले सरकारमा कांग्रेसबाट सहभागी हुने मन्त्रीको विषयमा समेत छलफल हुने बताए ।
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूले बुधबार पनि छलफल गरेका थिए । बुधबारको बैठकले नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशन अन्तर्गतको पालिकाको अधिवेशन निर्धारित मितिमै आयोजना गर्ने निर्णय गरेको थियो ।