काठमाडौं । नेकपा एमालेसँग विद्रोह गरेर दल विभाजनको अध्यादेशको सहयोगमा एमाले फुटाउँदै नेकपा (एकिकृत समाजवादी) खोलेको नेता माधव कुमार नेपालले पुनः दल परिवर्तन गर्ने मनशाय बनाएका छन् ।
नेकपा (एकिकृत समाजवादी) छोडेर उनले जीवन राईसँग नेकपा एकिकृत माग गर्ने भएका छन् । नेकपा एमालेमा विद्रोह हुँदै गर्दा जीवन राईले कलम चिन्ह सहित नेकपा एकिकृत दर्ता गरेका थिए । राई माधव निकट विद्याथ्र्री नेता हुन् ।
एमालेको अखिलमा हुदाँ राई नेपाल पक्षबाट उपाध्यक्षमा पराजित भएका थिए । उनै जीवन राईले कलम चिन्हसहितको नेकपा एकिकृत रोकेर राखेका थिए । नेता नेपालको पार्टी नेकपा (एकिकृत समाजवादी) र राईको पार्टी नेकपा एकिकृत एक गर्ने सम्बन्धमा छलफलछ शुरु भएको हो ।
नेकपा (एकिकृत समाजवादी)का तर्फबाट नेता राजेन्द्र पाण्डेले नेकपा एकिकृतका अध्यक्ष जीवन राईसँग पार्टी एकताको प्रस्ताव गरिसकेका छन् । राईलाई केन्द्रिय सदस्य बनाउने र सो पार्टी नेता नेपालले लिने उद्देश्य सहित पार्टी एकताको तयारी भएको हो ।
नेता नेपालले बागमती प्रदेशको राष्ट्रिय सभाको उपनिर्वाचनमा खिमलाल देवकोटालाई कलम चिन्हबाट स्वतन्त्र उम्मेदवार बनाएका थिए ।