काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारीको नामावली सहमितका आधारमा टुंग्याएको छ। नेकपा एकीकृत समाजवादीले बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्नेगरी पदाधिकारीको नाम टुंगो लगाएको हो ।
सहमतिअनुसार नेकपा एकीकृतको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन हुनेछन् भने महासचिवमा डा बेदुराम भुसाल र उपमहासचिवमा डा विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला हुने सहमति भएको छ ।
त्यसैगरी,सहमतिअनुसार सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ चयन हुने गरी सहमति भएको छ ।
नेकपा एकीकृत पार्टीको अध्यक्षमा माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल छन् । त्यस्तै नेकपा एसको स्थायी कमिटीमा ३१ सदस्य रहनेछन् ।