काठमाडौं । सत्तारुढ गठबन्धनबीच मन्त्रिपरिषदलाई पूर्णता दिन बारम्बार गठबन्धनका शीर्ष नेताबीच छलफल हुने गरे पनि अढाइ महिनासम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तारमा ढिलाइ गर्न नहुने भन्दै जतिसक्दो चाँडो मन्त्रीको नाम दिन गठबन्धनमा सामेल दलहरुलाई आग्रह गरिरहेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ले मन्त्रिमण्डल विस्तार नगर्दा चौतर्फी ओलोचना भइरहेकाले अब ढिला गर्न नहुने बताउँदै आएका छन् । मन्त्रिपरिषद् विस्तारलाई टुंग्याउन लगातार छलफल र बैठक हुने गरे पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
माधव नेपाललले अदालतमा विचाराधीन मुद्दा टुंगो लागेपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
त्यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेशलाई पहिले निस्कृय बनाउनुपर्ने त्यसपछि मात्रै मन्त्रिमण्डल विस्तारलाई पूर्णता दिुनपर्ने बताउँदै आएका छन् । एक स्रोतकाअनुसार कांग्रेसले ७, माओवादीले ६ , जसपाले ४ र नेकपा एकीकृत समाजवादीले ५ र तीन राज्यमन्त्री बनाउनेछन् ।