नेकपा एसले पदाधिकारीको नाम टुंग्यायो



काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीको अनौपचारिक बैठकले पदाधिकारीको टुङ्गो लगाएको छ । बैठकले आज पार्टीका चार उपाध्यक्ष, महासचिव तथा उपमहासचिवको नाम टुंगो लगाएको हो ।

एसका नेता राजेन्द्र पाण्डेका अनुसार महासचिवमा डा. बेदुराम भुसालको नाममा सहमति जुटेको छ । त्यस्तै उपाध्यक्षहरूमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमालको नाम टुंगो लागेको छ । उपमहासचिवमा डा. विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला रहने छन् ।

सचिवमा भने रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ चयन हुने छन् । यी नामलाई आज बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने छ भने पोलिटव्युरो र केन्द्रीय कमिटी पनि विस्तार हुने बताइएको  छ ।  

© 2021 Quicknepal.com  |  All Rights Reserved.