कांग्रेसमा विधि र प्रक्रिया कार्यान्वयन हुन छाड्यो : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो समय कांग्रेसमा लोकतान्त्रिक मूल्य मान्यता हराउँदै गएको बताएका छन् ।

बहीबार पाल्पामा भएको एक कार्यक्रमलाई भर्चुवल माध्यममार्फत् संबोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘कांग्रेस पार्टीभित्रको लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्नुपर्छ,’ उनले भने,‘ कांग्रेसको आसन्न महाधिवेशनले सफल र सक्षम नेतृत्व चयन गर्नुपर्छ ।’

लामो समयदेखि पौडेले देउवाले विधि,प्रक्रियाका आधारमा नभई गुटगत आधारमा पार्टी सञ्चालन गरेको आरोप लगाउँदै आएका छन् ।बिहीबार मात्रै पौडेलले मन्त्रिपरिषद् विस्तारमा देउवाले आफूहरुलाई बेवास्था गरेको बताउँदै कम्युनिष्ट विभाजन गरेर कांग्रेस ठूलो हुने सोच नराख्न आग्रह गरेका छन् । 

आफ्नै शक्तिले देशको ठूलो पाटी हुन कार्यकर्तालाई आग्रह गर्दै भने,‘हामी आफैँ ठूलो पाटी हुने हो कम्युनिष्ट फुटेका कारण ठूलो पाटी हुने होइन।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.