एमाले केन्द्रीय कमिटीको बैठक ८ गते

काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

केन्द्रीय कमिटी बैठक असोज ८ गतेका लागि बोलाएको हो । बैठक ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बताइएको छ । 

केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने कार्यतालिका रहेको छ । सो बैठक दुई दिनसम्म चल्ने बताइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.