भोलि, प्रचण्ड र मन्त्रिपरिषद विस्तार

काठमाडौं । ‘भोलि मन्त्रिपरिषद्ले पूर्णता पाउँछ’ बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्ति हो यो।

शेरबहादुर देउवा प्रधानमन्त्री बनेदेखि ‘चाँडै मन्त्रिपरिषद् विस्तार हुन्छ’ र भोलि मन्त्रिपरिषद्ले पूर्णता पाउँछ’ भन्ने प्रचण्डको अभिव्यक्ति लगभग अढाइ महिना पुग्नलाग्दासम्म जारी छ । 

मन्त्रिपरिषदलाई भोलि टुंग्याउने अभिव्यक्ति दिएर बुधबार साझ गठबन्धनको बैठकमा सहभागी भएका बाहिरिँदै भने, ‘गठन्धनबीच कुरा मिलेन हामी भोलि पुन: बैठक बसेर यसलाई टुंग्याउँछौँ।’

हामीले यो सामग्री तयार पार्दासम्म अध्यक्ष दाहाल मन्त्रिपरिषद्लाई टुंग्याउन गठबन्धनको बैठकमा सहभागी भइरहेका छन् । बैठकले मन्त्रिपरिषद् टुंग्याउने सहमति गर्छ वा गर्दैन त्यो भने केहीबेरमा थाहा हुनेछ ।

अदालत र अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिला भएको हो ।  र, यी दुवै विषय तत्काल नटुंगिने कुरा थाहा पाएका प्रचण्ड ‘मन्त्रिपरिषद् विस्तार भोलि हुन्छ’ भन्न भने छाँड्दैनन् । सत्ता गठबन्धनका लागि महत्वपूर्ण भूमिका खेलेका जसपा अध्यक्ष उपेन्द्र यादव सीधै भनिरहेका छन्, ‘अध्यादेश फिर्ता नभएसम्म हामी सरकारमा सहभागी हुँदैनौँ ।’ यो उपेन्द्र स्वयंले दिएको अभिव्यक्ति हो ।

मन्त्रिपरिषद् विस्तार हुन नस्कनुका पछि यसका अलावा थप आन्तरिक कुराबारे प्रचण्ड विज्ञ छन् । तर, पनि प्रचण्ड मन्त्रिपरिषद चाँडै विस्तार हुन्छ भन्न छाड्दैनन् ?

© 2021 Quicknepal.com  |  All Rights Reserved.