प्रदेश २ लोसपा संसदीय दलको बैठक असोज १०मा बस्ने


जनकपुर। प्रदेृश २ मा लोकतान्त्रि समाजवादी पार्टी लोसपा नेपालले संसदीय दलको बैठक बस्ने जनाएको छ । बैठक आइतबार दिउसो २ बजेका लागि बोलाइएको लोपसपा प्रदेश २ ले जनाएको हो । सत्तारुढ जनता समाजवादी पार्टी जसपा नेपालबाट विभाजित भएर गठन भएको लोसपाले पहिलो पटक बैठक राख्न लागेको निकट सा्रेतले बताएको छ । संसदीय दलको बैठकमा दलको नेता चयन गर्ने आन्तरिक तयारी भईरहेको बताइएको छ ।


जसपाबाट लोसपा गठन भएपछि संसदीय दलका नेतामा जितेन्द्र सोनललाई चयन गर्ने लोसपाको तयारी रहेको स्रोतले जनाएको छ । लोसपामा संसदीय दलका नेता बन्ने आकाङ्क्षीहरू पनि छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि जसपाबाट अलग भएर महन्थ ठाकुरको नेतृत्वमा लोसपा गठन भएको थियो । निर्वाचन आयोगले नयाँ दल रोज्न दिएको भदौ २२ सम्मको अवधिभित्र जसपाका ५५ मध्ये १६ प्रदेश सांसदले लोसपा रोजेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.