कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन प्रतिबद्ध छ : सभापति देउवा

 


काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधै प्रतिबद्ध रहेको बताएका छन् । पर्वतको कुश्माबजारस्थित बिपी स्मृति भवनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै देउवाले आज यस्तो बताएका हुन् । पार्टीको महाधिवेशनले झनै आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने उनको तर्क थियो ।


सभापति देउवाले पछिल्लो समय मुलुकभर पार्टी कार्यालय भवन निर्माण हुने क्रममा वृद्धि भएको भन्दै यसले पार्टीको संस्थागत विकासमा ठूलो येग्दान पुग्ने बताएका छन् । त्यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले कम्युनिष्ट शक्ति विभाजन गरेर कांग्रेस ठूलो हुने सोचमा नलाग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेसमा आन्तरिक लोकतन्त्रलाई सबल बनाउनुपर्नेमा जोड दिएका छन् । उनले कांग्रेसको आसन्न महाधिवेशनले सफल र सक्षम नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए  । विसं २०६६ कात्तिक ११ गते शिलान्यास गरिएको सो भवन झण्डै १२ वर्षमा सम्पन्न भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.