कांग्रेस कार्यालयमा नाराबाजी

काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा सर्लाहीका कार्यकर्ताले नाराबाजी गरेका छन् ।

जिल्लाबाट पठाइएको क्रियाशील सदस्यको नामावली काटेर केन्द्रबाट थप गरिएको भन्दै उनीहरुले धर्ना दिएका हुन् । 

सर्लाहीका प्रदेश सांसद तथा मन्त्री वीरेन्द्र सिंहले आफूहरुमाथि दुर्व्यवहार गरेको बताएका छन् । सर्लाहीको क्रियाशील सदस्यताका विषयमा संस्थापन पक्ष र नेता रामचन्द्र पौडेल पक्षबीच विवाद छ ।

पौडेल पक्षले धर्नालाई समर्थन गरेको छ । तर, संस्थापन पक्षका प्रदेश मन्त्री वीरेन्द्र सिंहले दुर्व्यवहार गरेको धर्नामा बसेकाहरुको भनाइ छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.