हामी जबजका मान्यतालाई रक्षा गर्दै अघि बढ्छौँ : नेपाल 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)का मान्यतालाई रक्षा गर्दै अघि बढ्ने बताएका छन् । 

पार्टीनिकट युवा संघ नेपालले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई संबोधन गर्ने क्रममा उनले सो बताएका हुन् । ‘जनताको बहुदलीय जनवादको मूल्य र मान्यतालाई रक्षा गर्दै हाम्रो पार्टी अघि बढ्छ,’ उनले भने, ‘ पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरूको जीवनबाट प्रेरणा लिएर हाम्रो पार्टी अघि बढ्छ । जनताको बहुदलीय जनवादलाई हामी आत्मसात् गर्न चाहन्छौं। र, त्यसको मूल्य र मान्यताको रक्षा गर्न चाहन्छौँ ।’

उनले माओ, होचिमिन्हजस्ता नेताहरूले विश्व कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

© 2021 Quicknepal.com  |  All Rights Reserved.