काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । बैठक सुरु भएसँगै एमालेका सांसदले आफ्नो पार्टीले कारबाही गरेका सांसदलाई कारबाही गर्न माग गर्दै विरोध जनाएका छन् ।
आजको बैठकबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।
संसदको वेल घेराउ गरेर एमाले सांसदहरुले नारावाजी गरेपनि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारवाही अगाडि बढाएका छन् ।
नाराबाजीकै बीच सभामुखले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएको व्यहोराको राष्ट्रपति कार्यालयबाट पत्र पढेर सुनाएका छन् ।