काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसीभन्दा गठबन्धन मुख्य रहेको बताएका छन् ।
सरकारको नेतृत्व गरिरहेको कांग्रेसले एमसिसी पास गर्नुपर्ने गरी गृहकार्य अघि बढाइरहेका बेला सात्ता साझेदारी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले सो बताएका हुन् ।
बिहीबार काभ्रेमा आयोजित वाइसिएलको नगर सम्मेलनलाई सम्बोधन गर्दै दाहालले भने, ‘गठबन्धनमार्फत् जस्तोसुकै मूल्य चुकाउन तयार तर गठबन्धन भत्काउन नदिने संकल्प गर्छु,’ उनले भने, ‘गठबन्धन तोड्न अनेक षड्यन्त्र भइरहेका छन् । जस्तो मूल्य चुकाउन पनि पछि नपर्ने, अर्को चुनावसम्म गठबन्धन बनाएर लड्ने संकल्प गरेका छौ ।’