समाजवादीले उम्मेदवारी टुंग्यायो, मेयरमा पारस सिफारिस  

मुगु ।  नेकपा एकीकृत समाजवादी मुगुले उम्मेदवारी टुंगो लगाएको छ । ३० वैशाखचत हुने स्थानीय तहको निर्वाचनका लागि उक्त पार्टी मुगुले उम्मेदवार टुंगो लगाएको हो । 

छायाँनाथ रारा नगरपालिका मेयरा पारसमणी मल्ललाई उम्मेदवार बनाउने निर्णय भएको  छ । सोरु गाउँपालिकामा धर्मबहादुर शाहीलाई अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय भएको समाजवादी मुगुले जनाएको छ । 

खत्याड गाउँपालिका र मुगुमकामारोगँ गाउँपालिकामा आकांक्षीको मूल्यांकधानका आधारमा उम्मेदावारी टुङ्गो लगाइने भएको छ ।                    

छायाँनाथ रारा नगरपालिकामा उपप्रमुखका लागि कुञ्जुमा कुमाई , नेताप्रसाद चौलागाई, विरेन्द्रबहादुर मल्ल , ईन्द्रिरा हमाल र शिवलक्ष्मी मल्लको नाम सिफारिस गरिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.