एमसिसी अहिलेकै अवस्थामा पारित गर्न सकिँदैनः नेकपा एस

काठमाडौ। नेकपा एकीकृत समाजवादी पार्टीले अमेरिकी सहायता परियोजना (एमसीसी) अहिलेकै अवस्थामा पारित गर्न  नसकिने बताएको छ । पार्टीको बिहीबार बसेको केन्द्रिय समितिको बैठकले राष्ट्रिय हित बिपरीत एमसीसी पारित गर्न नसकिने बताएको हो ।

बैठकको निर्णय सार्वजनिक गर्दै सचिव जगन्नाथ खतिवडाले एमसीसी राष्ट्रिय हित अनुकूल नभएकाले आजकै अवस्थामा पारित गर्न नसकिने बताए । उनले भने, ‘राष्ट्रिय हितअनुकूल बनाएर राजनीतिक सहमति कायम गरेर मात्र अघि बढ्न सकिन्छ । अन्यथा आजकै अवस्थामा पारित गर्न सकिँदैन ।’

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.