सांसदले वलीले मागिन् सभामुख सापकोटाको राजीनामा

काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गरेका छन् । बिहीबार राष्ट्रिय सभामा बोल्दै सांसद वलीले यस्तो माग गरेकी हुन् । सो क्रममा उनले परिणामलाई रोक्नको लागि सभामुख इमान्दार हुनुपर्ने पनि बताएकी छन् ।

सभामुखले सभामुखको कुर्सीको महत्त्व राख्न नसक्दा र नियम पालना गर्न नसक्दा राष्ट्रिय सभामा त्यसको असर परेको र विभाजन भएको जिकिर गर्दै गरिन् । उनले सभामुखले प्रतिनिधिसभालाई बिरामी बनाएको बताइन् । 

सांसद वलीले भनिन्, ‘कुनै पनि व्यक्तिलाई चिनी रोग भयो भने, र त्यसलाई समयमै नियन्त्रण गरिएन भने त्यसका कारण धेरै रोगहरू उत्पन्न हुन्छन्, धेरै रोगहरू जन्मन्छन्, जसरी एउटा छालाबाट ज्याकेट बन्छ, ब्याग, बेल्ट, जुत्ता बन्छ, त्यसरी नै प्रतिनिधिसभाको कमजोरीका कारणले अन्य धेरै रियाक्सनहरू उत्पन्न हुन सक्छन् ,त्यो रियाक्सन रोक्न र त्योबाट उत्पन्न हुने खतरा रोक्नको लागि सभामुख इमान्दार हुनुपर्छ,सभामुख ज्यूले त्यो कुर्सीको महत्त्व राख्न सक्नुपर्छ, महत्त्व राख्न नसक्नुका कारण, नियम पालना नगर्नुका कारणले गर्दा राष्ट्रियसभामा त्यसको असर पर्‍यो र विभाजन हुन पुग्यो, अहिले प्रतिनिधिसभालाई सभामुख ज्यूले बिरामी बनाउनुभएको छ, सभामुख ज्यूकै कारणले यो रोग बढ्दै गयो भने सिटामोल, इन्जेक्शन, एन्टीबायोटिकले पनि भ्याउँदैन र अप्रेसन नै गर्नुपर्छ ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.