गठबन्धनभन्दा ठूलो विषय एमसीसी होइन : प्रचण्ड

काभ्रे । नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आगामी तीनै तहको निर्वाचनसम्म गठबन्धन नटुट्ने दावी गरेका छन् । काभ्रेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले गठबन्धन नटुट्ने बताएका हुन् ।

एमसीसी, सरकार विस्तार र केपी ओली कसैको कारणले पनि गठबन्धनलाई टुटाउन सक्दैन प्रचण्डले भने । उनले एमाले अध्यक्ष केपी ओलीले जस्तोसुकै विरोध गरेपनि संसद नरोकिने र गठबन्धन नटुट्ने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले गठबन्धनभन्दा ठूलो विषय एमसीसी नभएको पनि बताए । प्रधानमन्त्री देउवा कुनै पनि हालतमा एमसीसी अहिलेकै अवस्थामा पास गनुपर्छ भन्नेमा छन् । प्रचण्ड र नेता माधव कुमार नेपाल भन्ने संशोधन सहित एमसिसि पास गर्नुपर्ने पक्षमा छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.