हामी कुनै पार्टीसँग मिसिँदैनौँ : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आफ्नो कुनै पार्टीसँग नमिसिने बताएका छन् । बिहीबार पार्टीको मंगलबार सुरु भएको पहिलो केन्द्रीय कमिटी बैठक समापनको अवसरमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । 

उनले भने, ‘एमालेले एकीकृत समाजवादीका बारेमा गलत प्रचार गरिरहेको छ। हामीलाई पार्टीमा मिसिन खोजेको भनिरहेको छ,’ उनले भने, ‘एकीकृत समाजवादीले कोहीसँग पार्टी एकता गर्दैन।’

यसका साथै उनले एमालेले आफ्नो पार्टी अरूसँग मिसिन लागेको भनेर गलत प्रचार गरिरहेकाले त्यसलाई खण्डन गर्न नेता कार्यकर्तालाई निर्देशन दिए।

© 2021 Quicknepal.com  |  All Rights Reserved.