काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले संस्थापन पक्षबाटपार्टी कब्जा गर्न गुण्डागर्दी शैलीको सामना गर्ने बताएका छन् ।
प्रदेश–२ का मन्त्री वीरेन्द्रप्रसाद सिंहले सर्लाही बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखीन्द्र महतोमाथि कुटपिट गरेको विरोधमा कांग्रेस केन्द्रीय कार्यलयमा आयजित धर्ना कार्यक्रममा सहभागी जनाउँदै उनले बताएका हुन् ।
महाधिवेशनको समयमा संस्थापन पक्ष पार्टी कब्जा गर्ने अभियानमा जुटेको तथा गुन्डागर्दी शैलीमा उत्रिएको उनको आरोप छ ।