ककनी गाउँपालिकाका लागि उल्लासका साथ नेकपा एमालेको उम्मेद्वारी दर्ता

ककनी । ककनी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्षका लागि काशिराज अधिकारी र उपाध्यक्षका लागि लजिता लामा(सुनिता)ले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले बैशाख ११ र १२ गते मनोनयनको मिति तोकेपनि आन्तरिक तयारी र पार्टी निर्देशन अनुसार नेकपा एमालेले १२ गते मात्रै ककनी गाउँपालिका भित्रका सबै पदाधिकारीको मनोनयन दर्ता गराएका हुन् ।

अध्यक्ष र उपाध्यक्षसहित ८ वटै वडाका अध्यक्ष र सदस्यहरुका लागि पनि एमालेले भव्यताका साथ मनोनयन सम्पन्न गरेको हो । सयौंको संख्यामा उपस्थित नेता कार्यकता र समर्थकहरुले ब्यानरसहित मनोनयन दर्ता गरेका हुन् । वडा नं. १ मा चन्द्र बहादुर बलामी, २ मा प्रेम बहादुर तामाङ, ३ मा हरि प्रसाद बजगाई, ४ मा सोनाम लामा, ५ मा विरेन्द्र स्याङताङ, ६ मा विनोद लामा, ७ मा बलराम पाठक र ८ मा शेषमान लामा वडा अध्यक्षका उम्मेद्वार रहेका छन् । 

यस्तै ८ वटै वडाबाट ३२ जना सदस्यहरुले पनि मनोनयन दर्ता गराएका छन् । टोल टोलबाट ककनी रानिपौवामा जम्मा भएको सयौं कार्यकर्ताको साथमा आफ्नो उम्मेद्वारी दर्ता गराउँदा माहोल नै एमालेमय भएको नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एंव ककनी निर्वाचन परिचालन कमिटीका संयोजक राजु लामाले बताए ।

अन्य दलका कार्यकर्ताहरु पनि थिए । तर सबैभन्दा बढि नेकपा एमालेका समर्थकहरु थिए । त्यसले गाउँ–गाउँसम्म एमालेविना समृद्धि संभव नभएको सञ्देश लिएर जानेछ, र ककनीमा नेकपा एमालेको जित सुनिश्चित गर्नेछ, परिचालन कमिटीका सचिव समीर बलामीले भने ।

नेकपा एमाले नुवाकोट जिल्ला कमिटीका उप–सचिव समेत रहेका अध्यक्षका उम्मेद्वार अधिकारी ककनीका लागि निकै लोकप्रिय र विकासवादी नेता हुन् । उनी आफ्नो स्कुले जीवनदेखि नेकपा एमालेको राजनीतिमा जोडिएका व्यक्ति हुन् । विद्यार्थी राजनीतिदेखि पार्टीको मूल राजनीतिमा जोडिएका अधिकारी २०५४ सालको पूर्व गाविस अध्यक्ष समेत हुन् ।

उनको लोकप्रियता, दक्षता र असल, मिलनसार व्यक्तिगत आचरणले पनि यो पटक ककनीको निर्वाचन अधिकारी केन्द्रत भएको स्थानीयहरुको भनाई छ । अरु पार्टीबाट शिक्षालाई बुर्जुवा शिक्षा भन्दै विद्यार्थीको किताब जलाउँदै हिडेकाहरुलाई उम्मेद्वार बनाईरहँदा एमालेले विद्यार्थी आन्दोलनदेखि परिवर्तनको पक्षमा लड्दै आएका डिग्री पास गरेका अधिकारीलाई उम्मेद्वार बनाएका छन्, ककनी ३ का स्थानीय कृष्ण बहादुर लामाले भने ।

अधिकारीको लोकप्रियता र योग्यताले ककनीमा एमालेको बहुमत रहने स्थानीयहरुबाट आवाज आउन थालेका छन् । यस्तै उपाध्यक्षकी उम्मेद्वार तामाङ महिला शसक्तिकरण र महिला जागरण तथा रोजगारीमा निरन्तर लाग्दै आएकी छन् । यस कारण पनि तामाङ ककनीमा परिचित महिलाहरु मध्ये पर्दछिन् । उनको लोकप्रियता र महिलाप्रतिको सहभागिताका कारण उनको विकल्पमा अरु उम्मेद्वार नरहने ककनीवासी गणेश बहादुर गुरुङले बताएका छन् ।

kashiraj.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.