काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आपराधिक कार्य गरेको आरोप लगाएका छन् ।
बिहीबार राजधानीमा पार्टी विशेष प्रदेश कमिटीलाई सम्बोधनका क्रममा महासचिवले यस्तो बताएका हुन् ।
‘माधव नेपालले लज्जास्पद र अपराधिक काम गर्नुभयो,’ पोखरेलले भने । सो उनले क्रममा नेकपा मालेका नेता सीपी मैनाली कुनै बेला मिथक जस्तै नेता मानिने गरेको स्मरण गराए ।