काठमाडौं । आठौँ इन्डो नेपाल मुए थाई च्याम्पियनसिप शुक्रबारदेखि सुरु हुदैँछ । कार्यक्रम वैशाख १६ र १७ गते दिउँसो २ बजे नेशनल बिजनेस ट्रेड सेन्टर, कलंकीमा सुरु हुन लागेको हो ।
उक्त कार्यक्रममा हरेक दिन १३ वटा फाइट हुनेछ र उपाधिका लागि नेपाल र भारतका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
यस खेलले खेलाडीको आत्मविश्वास र हौसला बढाउने नेपाल राष्ट्रिय मुए थाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले बताए । खेलकुद प्रेमीहरुले भाटभटेनी कलंकी नजिकैको NBTC मा कार्यक्रमको टिकटहरु किन्न सक्नेछन् ।