एमाले सुर्खेतको घरदैलो अभियान सुरु

सुर्खेत । एमाले सुर्खेतको घरदैलो अभियान शुक्रबारदेखि सुरु भएको छ ।

नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज एवम् स्थायी कमिटी सदस्य यामलाल कँडेलको अगुवाइमा  घरदैलो अभियान सुरु गरिएको हो ।

अभियानमा नगर प्रमुखका उम्मेदवार मोहनमाया ढकाल, उपप्रमुखका उम्मेदवार नीलकण्ठ खनाल, वडा नम्बर ११ का अध्यक्षका उम्मेदवारसहित सयौंको संख्यामा एमाले नेता कार्यकर्ताहरु सहभागी भएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.