काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षणमा नयाँ १७ जना खेलाडी थपेका छन् ।
प्रशिक्षकले मानसिक दबाव दिएको भन्दै १० जना खेलाडीले प्रशिक्षण छाडेका थिए । ती १० जना खेलाडीको सट्टामा अल्मुताइरीले नयाँ १७ जनालाई टिममा थपेर प्रशिक्षण दिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
टिममा बोलाइएका नयाँ खेलाडीमा विकेश कुथु, विशाल सुनार, अभिषेक बराल, आकाश बुढा मगर, आशिष चौधरी, विकास तामाङ, जर्ज प्रिन्स कार्की, मनिष जर्घा मगर, निरकुमार राई, राजन गुरुङ, रोशन राना मगर, रुपबहादुर लामा, सञ्जोक राई, सेसेहाङ आङदेम्बे, शिव गुरुङ, सुनिल श्रेष्ठ र सुशील राई छन् ।