काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र तालमेलका विषयमा जे–जस्तो बहस भए पनि अब पार्टीले गरेको निर्णयअनुसार अघि बढ्नुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले पार्टीभित्र बहस, मतभेद हुनु स्वभाविक भएको भन्दै पार्टीको आधिकारीक निर्णय अनुसार सबै अघि बढ्नुपर्ने बताएका हुन् ।
तालमेलका विषयमा आफूले उठाएको बहस सैद्धान्तिक विषय भएकाले यसलाई पछि छलफल गर्न सकिने उनको भनाइ छ । उनले निर्वाचनमा एकढिक्का भएर पार्टीलाई विजयी गराउनुपर्ने बताए ।