चन्द्रागिरिबाट माओवादी केन्द्रको मेयर र उपमेयरको मनोनयन फिर्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंको चन्द्रागिरि नगरपालिकाको मेयर र उपमेयर दुवै पदबाट उम्मेदवारी फिर्ता लिएको छ ।

मेयर उम्मेदवार दिलबहादुर श्रेष्ठ र उपमेयर उम्मेदवार रुपा महर्जनले उम्मेदवारी फिर्ता लिएका हुन् ।

चन्द्रागिरिमा नेपाली कांग्रेसबाट मेयर पदमा घनश्याम गिरी र उपमेयर पदमा राष्ट्रिय जनमोर्चाका रोशन दानी उम्मेदवार छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.