वन्यजन्तु ओसारपसार मुद्दामा दुईजना पक्राउ


काठमाडौं   ।   वन्यजन्तु ओसारपसार मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका दुई जना पक्राउ परेका छन् ।उनिहरुलाई बाँके प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँके राप्ती सोनारी गाउँपालिका–९ का ४४ वर्षीय मनिराम थारू र ४३ वर्षीय धनिराम थारू छन् ।

उनीहरूलाई बाँके जिल्ला अदालतको ३ असार २०७३ को फैसलाले ११ महिना १० दिन कैद सजाय तोकिएको थियो । फरार रहेका उनीहरूलाई बिहीबार पक्राउ गरी जिल्ला अदालत बुझाइएकोमा कैद भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.