पाल्पा । पाल्पामा एक ३५ वर्षीय पुरुष मृत फेला परेका छन् ।
मृतक बग्नासकाली गाउँपालिका–७ खानीगाउँ झाँक्रीस्थान टोलका अन्दाजी ३५ वर्षीय दीपक भट्टराई रहेको पुष्टि भएको छ ।
भट्टराई आफ्नै घरबाट अन्दाजी ५ सय मिटर गोरेटो बाटोमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । पाल्पाका प्रहरीका अनुसार थप अनुसन्धान भइरहेको जानकारी दिए ।