एमाले विधान महाधिवेशनको प्रस्ताव : पोलिटव्यूरो र वैकल्पिक सदस्य खारेज

काठमाडौं । तुलसीलाल स्मृति प्रतिष्ठानमा एमाले बैठक शुरु भएको छ । बैठकले असोज १५ देखि १७ सम्म हुने विधान महाधिवेशनको लागि एजेण्डा तय गर्ने तयारी गरेको छ ।

बैठकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । महाधिवेशनमा जाने प्रस्तावको छलफलछ गर्न तयार पारिएको मस्यौदामा केन्द्रीय सचिवालयको व्यवस्था, केन्द्रीय कार्यालय, पोलिटव्यूरो र वैकल्पिक केन्द्रीय सदस्यको संरचना खारेजको विषय समावेश गरिएको छ ।

मस्यौदामा सो विषयहरु समावेश भएपछि केन्द्रिय सदस्यहरु अलमलमा छन् । केन्द्रिय सचिवालय अध्यक्षको संयोजनमा रहने प्रस्ताव गरिएको छ । यस्तै केन्द्रिय कार्यालय पार्टी महासचिवको संयोजकत्वमा रहने प्रस्ताव गरिएको छ ।

७ सदस्यीय केन्द्रिय सचिवालय र ५ सदस्यीय केन्द्रिय कार्यालय व्यवस्था गर्न लागिको मस्यौदामा उल्लेख छ । एमालेमा अध्यक्ष र वरिष्ठ नेतासहित तीन उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र सात सचिवसहित पदाधिकारी प्रस्ताव गरिएको छ ।

यस्तै उमालेमा २२५ सदस्यीय केन्द्रीय कमिटी र ३५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरिएको छ । बाँकी पोलिटव्यूरो र वैकल्पिक केन्द्रीय सदस्यको संरचना खारेज गर्न प्रस्ताव गरिएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.