कैलालीमा १५ वर्षीया किशोरी बलात्कृत

कैलाली ।  १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा टिकापुर नगरपालिका-१ नयाँबस्ती बस्ने ३० वर्षीय दिपेन्द्र साउदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

साउदले ती किशोरीलाई गत सोमबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.