कांग्रेस महाधिवेशनः रुपन्देहीमा सबै स्थानीय तहमा उम्मेदवार सार्वजनिक

रुपन्देही। नेपाली कांग्रेसको असोज ९ गते हुने स्थानीय तहको अधिवेशनका लागि रुपन्देही जिल्लामा अलग अलग उम्मेदवार तयार गरिएको छ । रुपन्देहीको १६ वटा स्थानीय तहमध्ये धेरैमा अलग समूह बनाएका देउवा र पौडेल समूहले आ-आफ्नै उम्मेदवार सार्वजनिक गरेका हुन् ।

१६ वटा स्थानीय तहमध्य बुटवल उपमहानगर र तिलोत्तमा, देवदह, सैनामैना, सिनपा, लुम्बिनी साँस्कृतिक नगरपालिकामा दुवै पक्षले जसरी पनि नेतृत्व हात पार्ने दाउमा छन् । केन्द्रदेखि स्थानीय तहसम्म प्रष्टै दुई धारमा विभाजन भएको देखिएको छ ।

रुपन्देही जिल्लाको सैनामैना गरपालिका निकै महत्वपुर्ण मानिएको छ । कांग्रेसको १४ औ महाधिवेशनमा सैनामैना नगरपालिकाको नगर समितिको निर्वाचनको लागि देउवा समूहबाट नगर सभापतिका लागि कृष्णप्रसाद पोख्रेलले सभापतिको घोषणा गरेका छन् । त्यस्तै सभापति देउवा समूहबाट सभापति रणबहादुर खनालले उम्मेदवारी घोषणा भएको छ ।

यता, बुटवल उपमहानगरपालिकामा रामचन्द्र पौडेल समूहबाट यसअघिका सभापति खेलराज पाण्डेनै दोहोरिने भएका छन् । त्यस्तै देउवा समूहबाट रिता केसी क्षेत्रीले उम्मेदवारी घोणणा गरेकी छिन् ।

उता तिलोत्तमा नगर समितिमा शेरबहादुर देउवाल समूबाट हरिलाल पाण्डेको उम्मेदवारी घोषणा भएको छ भने पौडेल समूहबाट नगर सभापतिका लागि नारायण न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन्। त्यस्तै सिद्धार्थनगरमा पनि भिडन्त हुने भएको छ । सिद्धार्थनगरमा पनि दुई समूह चुनावी मैदानमा देखिएका छन् ।

सभापति देउवा समूहबाट सभापतिका लागि कोसिस खड्काले उम्मेदवारी घोषण गरेका छन भने पौडेल समूहबाट संजीव रेग्मीले उम्मेदवारी घोषणा गरेका छन् ।


उता, देवदहमा नगरपालिकामा पनि भुर्तेल पाण्डेको कडा टक्कर पर्ने देखिएको छ। देव नगरपालिका पनि सभापतिका लागि दुइ धारमा सभापतिको दावेदारी लभएको छ । देउवा ्समूहबाट सभापतिका लागि गुणाखर भुर्तेल र पौडल समूहबाट झविन्द्र प्रसाद पाण्डेले उम्मेदवारी सार्वजनिक गरेका छन् ।

यता लुम्बिनी सांस्कृतिमा नगरपालिकामा हालका सभापति मोहम्द सईत खाँनै सभापतिमा दोहोरिने भएका छन् । उक्त नगरकामा नेतृत्व सर्वसम्मत हुने वातारण बनेको बुझिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.