त्रिपुरेश्वरमा अर्बन मार्टले खोल्यो पहिलो रिटेल आउटलेट

काठमाडौं । अर्बन मार्टले त्रिपुरेश्वरमा आफ्नाे प्रोडक्सनकाे पहिलो रिटेल आउटलेट खोलेको छ । सन् २०१२ देखि ससेज, सलामी, बेकन, ह्याम, मम, कोल्ड कट्स, मीट पार्टस्, क्यान्ड फुड, कफी बिन्स र अन्य गुणस्तरीय उत्पादनकाे सेवा प्रदान गर्दै आएको अर्बन फुडले पहिलो रिटेल आउटलेट खोलेको हाे  ।

अर्बन फुड प्रोडक्सनमा नेपालकै टप फुड टेक्नोलोजिस्ट प्रविणमान शाक्य, जर्मनीका मिट विशेषज्ञ र मास्टर बुचर, म्याक्सिमिलियन फब्रिजियो स्टोल र अस्ट्रियाका मास्टर प्रोसेसर एन्टोन लोस्चाटजस्ता खाद्य विशेषज्ञहरू छन् । 

गुणस्तरीय उत्पादनले वर्षाैदेखि ग्राहकको मन जित्दै आएकाे अर्बन फुडका उत्पादन भाटभटेनी, बिग मार्ट, सेल्सबेरी र नेपालभरका अन्य डिपार्टमेन्ट स्टोरहरू जस्ता प्रमुख खुद्रा विक्रेता पसलहरूमा सहजै पाउन सकिन्छ।

अर्बन फुडका प्रमुख कार्यकारी अधिकृत आयुष राजभण्डारीले आफ्ना ग्राहकलाई पहिलो आउटलेट सेवा दिन पाउँदा खुसी भएकाे बताउँदै सुरुवातको दिन प्रशोधित उत्पादनहरूमा ३०५ छुट प्रदान गर्ने र १३ मे २०२२ सम्म २५ प्रतिशत छुट प्रदान गर्ने बताएका छन्  ।

नयाँ अर्बन मार्टमा पर्याप्त पार्किङ सुविधा भएकाले वाक–इन ग्राहकहरूका साथै अनलाइन विक्रेता, होटल र रेस्टुरेन्टहरूलाई पनि सहज हुनेछ । यहाँ विशेष मूल्यहरू, सदस्यता कार्यक्रमहरू, केन्द्रीय स्थान र पार्किङ सुविधाका साथै समय–समयमा सीमित संस्करण विशेष उत्पादनहरू पाइन्छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.