चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हराउन सक्षम भएको बताएका छन् । उनले प्रचण्डसँगै चुनाव लडेर उनलाई हारउन आफु तयार भएको बताएका हुन् ।
चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले पार्टीले निर्णय गरेर प्रचण्डसँग चुनाव लडाए आफु तयार रहेको बताए । प्रचण्डले चितवनबाटै चुनाव लड्नुहुन्छ भने मलाई लाग्दैन । यदि उहाँले यहिबाट चुनाव लड्नुभयो भने त्यसको लागि म तयार छु, बादलले भने ।