काठमाडौं । नेपाली कांग्रेसको पालिकाभन्दा माथिका अधिवेशन माघ दोस्रो सातासम्मका लागि सर्ने भएका छन् । तल्ला तहको अधिवेशन प्रभावित हुँदा कांग्रेस महाधिवेशन माघ दोस्रोसाता पुग्ने भएका हुन् ।
१३ जिल्लाको क्रियाशील सदस्यता मुद्दा टुंगिन बाँकी भएकोले उक्त स्थानमा महाधिवेशन कहिले हुने भनेर टुंगो लागेको छैन। कांग्रेसले महाधिवेशनकोअन्तर्गत तल्लाे तहकाे अधिवेशन सार्ने गरी नयाँ तालिका सार्वजनिक गर्न लागेको हो।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ गते अधिवेशन गर्नुेपर्ने, प्रदेश तहको अधिवेशन कात्तिक १०, ११ र १२ गते गर्ने भनिएको थियाे। तर मंसिर ९–१३ गते हुने केन्द्रीय महाधिवेशनलाई यथावत राखेर अरु कार्यतालिका फेरिने भनिए पनि महाधिवेशन माघ दोस्रो सातासम्म पुग्ने भएको छ।