काठमाडौं । पूर्वमन्त्री प्रभु साहले नेकपा एमालेमा आफ्नो ८ बुँदे माग राखेका छन् । नेकपा हुँदा केन्द्रिय सदस्य रहेका प्रभ शाह अहिले पार्टीको जिम्मेवारी विहिन छन् । उनी पछिल्लो समय नेकपा एमालेको बैठकमा पनि समावेश भएका छैनन् ।
नेकपा एमालेको केन्द्रिय सदस्यको हैसियतमा रहेका प्रभु शाह बैठकमा भने अनुपस्थित छन् । तर उनले नेकपा एमाले समक्ष आफ्नो केही मागहरु राखेका छन् । शाहले आफु स्थायी कमिटी सदस्य हुनुपनेृ माग राखेका छन् । २ नं. प्रदेशमा आफुलाई हटाएर ज्वाला कुमारी शाहलाई अऋधयक्ष बनाएपछि अध्यक्ष केपी शर्मा ओलीसँग शाह चिढिँएका हुन् ।
ज्वाला र शाह दुबै माओवादीबाट एमाले बनेका हुन् । यस्तै शाहले आफुले बनाएको संगठन आइटी आर्मीलाई जनवर्गिय संगठनको मान्यता दिनुपर्ने माग राखेका छन् । उनले नेकपा एमाले जेठ २ अघि नभई जेठ ३ पछिको अवस्थाबाट अघि बढाउनु पर्ने माग गरेका छन् ।
शाहले जनताको बहुदलीय जनवादको सट्टा जनताको जनवादलाई महाधिवेशनमा लैजानु पर्ने माग समेत राखेका छन् । विधान महाधिवेशन नभई एकताको पार्टी महाधिवेशन हुनुपर्ने माग पनि उनले राखेका छन् ।
शाहको मागको सम्बन्धमा महासचिव ईश्वर पोखरेललगायतले हेरिरहेको एमालेले जनाएको छ ।